WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjiom.VXPoFNlYhHrhI9MM2fdfnV0o0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 11:12:37', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
व्यवस्थापिका–संसद्को शून्य समय – Gaule Khabar

व्यवस्थापिका–संसद्को शून्य समय

व्यवस्थापिका–संसद्को शून्य समय

काठमाडौँ,माघ १२ –

व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित जनतलाई मुआब्जा तथा भूकम्पपीडित आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण कार्य शीघ्र सुरु गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले लोकतन्त्रको मुटुको रुपमा रहेको निर्वाचन ९स्थानीय, प्रदेश र संसद्० विसं २०७४ माघ ७ गतेभित्र सम्पन्न गराउन सरकार र निर्वाचन आयोगको ध्यान दिन तथा तराई मधेसमा एक घर एक शौचालय बनाउने अभियान सञ्चालन गर्न माग गर्नुभयो ।

दुर्गम क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि समेत नभएको गुनासो राख्दै उनीहरुले पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी जिल्लाको मौलाखोलाको पुल मर्मत गर्न समेत सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

यसरीे ध्यानाकर्षण गराउनेमा सांसद कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, गणेशसिंह ठकुन्ना, गुरुप्रसाद वुर्लाकोटी, चन्द्रकान्त भण्डारी, गोमा कुँवर, चूडामणि विक जङ्गली, जानकीकुमारी साउद, तप्तबहादुर विष्ट, तुलसा राना, तुलराज विष्ट र गौरीकुमारी ओली हुनुहुन्छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका