Gaule Khabar
मङ्लबार, मंसिर २०, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

तिवारी हत्याको विरोधमा वुटवलमा नारावाजी सहित प्रर्दशन (भिडियोमा हेर्नुहोस् )

  • admin
  • सोमवार, पुस ४, २०७३
[sharethis-inline-buttons]
तिवारी हत्याको विरोधमा वुटवलमा नारावाजी सहित प्रर्दशन (भिडियोमा हेर्नुहोस् )

रुपन्देही, पुस ४-

 नेकपा एमालेको भातृ सङ्गठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएपछि नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

‘हत्यारालाई फाँसी दे, प्रचण्ड सरकार मुर्दावाद’ भन्दै बुटवलदेखि भैरहवासम्मको चोक चोकमा टायर बालेर युवाहरुले नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका छन् ।

ठाउँ ठाउँमा चक्काजाम समेत गरिएको छ ।पाँच नम्बर प्रदेशबाट पहाड अलग गर्न नहुने भन्दै आन्दोलनमा सक्रिय रहेका तिवारीको सोमबार दिउँसो देवदहको खैरेनी बजारमा अज्ञात समूहले छातिमा गोली हानेर हत्या गरेको थियो । उनको हत्या आन्दोलन रोक्नका लागि गरिएको षडयन्त्र भएको एमालेले शंका गरेको छ ।

आक्रमणकारीको पहिचान भइनसकेकोले गम्भीर रुपमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हेर्नुस् घटनाको पछिल्लो अवस्था भिडियोमाः

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ