WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8vIFJCLv4/bLGmJ84v6SawP8onurR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-17 07:49:39', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १२ –
नेपाल आइडलको अडिसन बुधबारबाट सुरु भएको छ । नेपालगञ्जबाट अडिसन सुरु भएको हो । नेपालगञ्जको अडिसन दुई दिनसम्म चल्नेछ ।
नेपालगञ्जपछि अन्य मुख्य शहरहरु बुटवलमा माघ १५, नारायणगढमा माघ १८, वीरगञ्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ तथा काठमाडौंमा फागुन ७ र ८ गते अडिसन लिने आयोजकले जनाएको छ ।
१६ देखि ३० वर्ष उमेर समूहका व्यक्तिले यस गायन प्रतियोगितामा भाग लिन पाउने छन् । नेपाल आइडलको निर्णायकमा न्यूह बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । प्रतियोगिता एपीवान टेलिभिजनबाट हेर्न सकिन्छ ।
प्रतियोगिताको विजेताले साढे ३१ लाखको कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्वम प्राप्त गर्नेछन् ।