Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विवाद नगरौं, आर्थिक विकासमा लागौंः अध्यक्ष थापा – Gaule Khabar

विवाद नगरौं, आर्थिक विकासमा लागौंः अध्यक्ष थापा

विवाद नगरौं, आर्थिक विकासमा लागौंः अध्यक्ष थापा

हेटौंडा, माघ ११–

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक विवादमा धेरै समय बर्बाद भएकाले अब सबै राजनीतिक दलले एक जुट भई आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

मकवानपुरको आमभञ्जाङ–३ सामरी खोलामा निर्माण हुने पुलको शिलान्यास गर्दै उहाँले नेपालले जलस्रोतको भरपुर उपयोग गर्न सके देशले पूर्वाधारको क्षेत्रमा विकासको फड्र्को मार्न सक्छ भन्नुभयो । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन गर्न स्थानीय निकाय, प्रदेश, संसद्को चुनाव गर्नु पर्नेमा उहाँको जोड थियो ।

आमभञ्जाङ गाविस र मकवानपुर गढी गाविस जोड्ने पक्की पुल निर्माण यही माघदेखि सुरु हुँदैछ । केन्द्रीय योजनाको ११२ मिटर लम्बाइको प्रिस्टे«स प्रविधिको पुल २०७४ चैतमा सम्पन्न गर्ने गरी जिविस मकवानपुरअन्र्तगत निर्माण सुरु भएको हो ।

उक्त पुलको निर्माणपछि मकवानपुर गढी गाविसका जनतालाई आमभञ्जाङ गाविसमा अध्ययन तथा दूध र तरकारी हेटौँडासम्म पु¥याउन सुविधा पुग्नेछ । उक्त पुलको लागत रु पाँच करोड ३८ लाख रहेको छ ।

यसैगरी राप्रपा हेटौँडा उपहानगरपालिका–६ को वडा भेलामा अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश, संसद्को चनाव गराउन माग गर्नुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका