Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनका सामुदायिक वनमा आन्तरिक पर्यटक बढ्दो – Gaule Khabar

चितवनका सामुदायिक वनमा आन्तरिक पर्यटक बढ्दो

चितवनका सामुदायिक वनमा आन्तरिक पर्यटक बढ्दो

किशोर खनाल,
चितवन, माघ ११–

कुनै समय खेर गइरहेका चितवनका सामुदायिक वनका खोला, ताल तथा नदी किनारहरु यतिबेला ‘पिकनिक स्पट’मा परिवर्तन भएका छन् । जसले गर्दा ती सामुदायिक वनहरुमा आन्तरिक पर्यटक बढेका छन् ।
जिल्ला वन कार्यालयअन्तर्गत रहेका सामुदायिक वनहरुको आम्दानीको प्रमुख स्रोत नै बनेको छ, पिकनिक कार्यक्रम । सामुदायिक वनका खोला तथा नदीका छेउछाउ, तालको किनार, अग्ला डाँडाहरु यतिबेला समूहहरु बनाएर पिकनिक खान आउने आन्तरिक पर्यटकले भरिएका छन् । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोख्रलेका अनुसार सामुदायिक वनमा यो वर्ष २० प्रतिशतका दरले आन्तरिक पर्यटक बढेका छन् । उनले भने, ‘पिकनिक स्पट बनाएका जुनसुकै सामुदायिक वनले आन्तरिक पर्यटकबाट वार्षिक ६ लाख सजिलैसँग आम्दानी गरिरहेका छन् ।’
धेरै आन्तरिक पर्यटक बढाएर आम्दानी गर्न सक्ने सामुदायिक वनमा सौराहाको बाघमारा सामुदायिक वन, ज्ञानेश्वर सामुदायिक वन र चैनपुरको कंकाली सामुदायिक वन पर्छन् ।
गत साल कंकाली सामुदायिक वनले सबै क्षेत्रबाट एक करोडको हाराहारीमा आम्दानीमा गरेको थियो । ‘यो साल आन्तरिक पर्यटकको पिकनिक कार्यक्रमबाट मात्र ३० लाख आम्दानी भइसकेको छ, फागुनसम्म पिकनिक कार्यक्रममा आउनेहरुको भीड नै हुन्छ । गत सालको भन्दा आम्दानी बढ्ने सङ्केत देखिएको छ’ कंकाली सामुदायिक वनका अध्यक्ष राममणि न्यौपानेले भने, ‘कुनै बेला खेर गएको कंकाली डाँडा अहिले आन्तरिक पर्यटकले टेक्ने ठाउँ छैन ।’ उनका अनसार दिनमा पिकनिक आउने समूह २० वटासम्म भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका