Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जाईकाले भन्यो,–‘पानीको गुणस्तरमा भरतपुर पहिलो’ – Gaule Khabar

जाईकाले भन्यो,–‘पानीको गुणस्तरमा भरतपुर पहिलो’

जाईकाले भन्यो,–‘पानीको गुणस्तरमा भरतपुर पहिलो’

किशोर खनाल,
चितवन, माघ ७–

भरतपुर खानेपानी व्यवस्थापन बोर्डबाट वितरण गरिएको पानी अन्यन्तै गुणस्तरीय देखिएको छ ।
जापान इन्टरनेशनल कर्पोरेसन एजेन्सी (जाईका) र खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अध्ययनले भरतपुर खानेपानी व्यवस्थापन बोर्डबाट वितरण गरिएको पानी गुणस्तरमा पहिलो देखाएको छ । जाईका र मन्त्रालयले २२ वटा खानेपानी संस्थान र तीन खानेपानी व्यवस्थापन बोर्डबाट वितरण गरिएको पानीको तुलनात्मक अध्ययन अनुसन्धान गरेको थियो । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
जाईका र मन्त्रालयको अध्ययन अनुसन्धानले नै गुणस्तरमा भरतपुरमा वितरण गरिएको पानीलाई पहिलो सूचीमा राखेको छ । खानेपानी क्षेत्रमा लामो समय काम गरेका विज्ञहरुबाट अध्ययन अनुसन्धान गरिएको जाईकाको रिपोर्टमा देखिन्छ ।
‘बुटवल, पोखरा, धरान, जनकपुर, धनगढी, भद्रपुर, विराटनगरलगायत २२ वटा खानेपानी संस्थान र भरतपुर, हेटौँडा, काठमाडौँ गरी तीन वटा खानेपानी व्यवस्थापन बोर्डबाट वितरण गरिएको पानीलाई जाईका र मन्त्रालयको विज्ञ टोलीले अध्ययन अनुसन्धान गरेको थियो’ भरतपुर खानेपानी व्यवस्थापन बोर्डका प्रशासन अधिकृत तथा सूचना अधिकारी सञ्जय बरालले भने, ‘अध्ययनपछि जाईकाले नतिजा सार्वजनिक गर्दै भरतपुरको पानीलाई गुणस्तरलगायत अरु धेरै कुरामा पहिलो नम्बरको सूचीमा राख्यो ।’
जाईकाको अध्ययनले भरतपुर उपमहानगरपालिकामा वितरण गरिएको पानीमा कुनै किसिमको खराबी देखाएको छैन । शतप्रतिशत सफा र शुद्ध देखाएको छ । पानीमा हुनुपर्ने सम्पूर्ण असली तत्वहरु भरतपुरको पानीमा भेटिएको छ ।
‘डव्लूटीओ र नेपाल सरकारले तोकेको पानीको गुणस्तरको मापदण्ड भरतपुरको पानीमा शतप्रतिशत पूरा गरेको छ’ सूचना अधिकारी बरालले भने, ‘भरतपुर व्यवस्थापन बोर्डबाट वितरण गरिएको पानीमा फिक्कल, कोलिफम र आर्सेनिक कतै पनि भेटिएन ।’
जाईकाको अध्ययनले भरतपुरपछि क्रमशः हेटौँडा, बुटवल, विराटनगरलाई पानीको गुणस्तरको सूचीमा राखेको छ । ‘अन्य खानेपानी संस्थानको पानीको औषत गुणस्तर ४२ प्रतिशत देखिएको छ भने भरतपुरको शत्प्रतिशत पानीको गुणस्तर देखिएको छ’ भरतपुर खानेपानी व्यवस्थापन बोर्डका इन्जिनियर टार्विन बस्नेतले भने ।
पानी उत्पादन र उपभोग क्षमता, बक्यौता असुली, प्रतिदिन पानी वितरण समय अवधिमा पनि भरतपुरलाई जाईकाले उच्च सूचीमा राखेको छ । अन्य संस्थानहरुले औषतमा दिनको ७ घण्टामात्र पानी छोडेका छन् भने भरतपुर खानेपानी व्यवस्थापन बोर्डले दिनको १२ घण्टा पानी छोडेको छ ।
एक व्यक्ति बराबर भरतपुरमा प्रतिदिन १५५ लिटर पानी छोडिएको छ । अन्य संस्थानहरुले एक व्यक्ति बराबर प्रतिदिन त्यति नै मात्रामा पानी नछोडिएको जाईकाको अध्ययनले देखाएको छ । ‘अन्य संस्थानहरुमा औषतमा ३८ प्रतिशत पानी खेर गइरहेको छ भने भरतपुरमा ३३ प्रतिशत पानी खेर गइरहेको जाईकाको अनुसन्धानले देखाएको छ’ भरतपुर खानेपानी व्यवस्थापन बोर्डका प्रशासन अधिकृत सञ्जय बरालले भने ।
भरतपुर बोर्डलाई एक हजार लिटर पानी उत्पादन गर्न १२ रूपैयाँ खर्च लागेको छ । अन्य संस्थानहरुलाई एक हजार लिटर पानी वितरण गर्न औषतमा १९ रूपैयाँ खर्च लागेको छ । ‘यसमा पनि भरतपुर पहिलो सूचीमै छ’ अधिकृत बरालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका