Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिव पौडेल स्मृति क्रिकेटको फाइनल माघ १६ गते त्रिवी मैदानमा – Gaule Khabar

शिव पौडेल स्मृति क्रिकेटको फाइनल माघ १६ गते त्रिवी मैदानमा

शिव पौडेल स्मृति क्रिकेटको फाइनल माघ १६ गते त्रिवी मैदानमा

चितवन,माघ ५ –

चितवनमा भएको चौथो शिव पौडेल स्मृति अन्तराष्ट्रिय आमन्त्रण क्रिकेटको फाइनल खेल आगामी माघ १६ गते हुने भएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले उपाधि भिडन्त सहिद दिवसको अवसर पारेर कीर्तिपुरस्थित त्रिवी मैदानमा गर्ने जनाएको हो ।

नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाईको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा काठमाडौंका दुई कलेज सीसीआरसी कलेज र  हार्ट लन्ड एकेडमी भिड्ने छन् । सेमिफाइनलमा सीसीआरसीले नेपाल पोलिटेक्निक र हार्ट लनडले आयोजक वीरेन्द्र बहुमुखीलाई पराजित गरेको थियो ।

प्रतियोगितामा १२ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । विजेताले २ लाख ६८ हजार ९०२ तथा उपविजेताले १ लाख ३५ हजार ९०२ नगद पुरस्कार जित्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले १५ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५–५ हजार जित्नेछन् । उत्कृष्ट बलर र ब्याट्सम्यानको पुरस्कार रकम नेपाली क्रिकेट समर्थक समाजले सौजन्य गर्ने कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका