Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मनकामना दर्शनमा जानेले व्यवसायीको हैरानी खेप्न नपर्ने – Gaule Khabar

मनकामना दर्शनमा जानेले व्यवसायीको हैरानी खेप्न नपर्ने

मनकामना दर्शनमा जानेले व्यवसायीको हैरानी खेप्न नपर्ने

हिरालाल गुरुङ,

गोरखा, माघ ४-

मनकामना दर्शन गर्न जानेले माथिल्लो स्टेशनबाट मनकामना बजार प्रबेश वित्तिकै खेप्दै आएको हैरानी अव हट्ने भएको छ । स्थानिय व्यवसायीले दर्शनार्थीलाई होटलमा लैजान तान्ने, चर्को स्वरमा बोलाउने, बाटोमा हिड्न अवरोध गर्ने र वाटोमानै राखेर सामान बिक्री गर्ने जस्ता गतिविधी गर्दै आएका थिए । यसले दैनिक जाने दर्शनार्थी लगायत अन्य यात्रुहरुले हैरानी खेप्दै आएका थिए । सोमबार देखि यस्ता गतिविधीमा रोक लगाइएपछी मन्दिरमा आउनेले यस्ता हैरानी खेप्नु नपर्ने भएको हो ।

स्थानिय प्रशासन र गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाईले दर्शनार्थीलाई सास्ती दिने गतिविधिमा रोक लगाइएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई मनकामनाका अध्यक्ष राजकुमार श्रेठले जानकारी दिनुभयो ।

यसैविच सोमबार गरिएको अनुगमनका क्रममा केही होट तथा पसलहरु विना दर्ता संचालन गरिएको भेटिएका छन । यस्ता विना दर्ता संचालन गरिएका पसल तथा होटलहरुलाई छिट्टै दर्ता गर्न निर्देशन समेत दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका