Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवन महोत्सवमा केराको परिकारः एकै दिन २ लाखको कारोवार – Gaule Khabar

चितवन महोत्सवमा केराको परिकारः एकै दिन २ लाखको कारोवार

चितवन महोत्सवमा केराको परिकारः एकै दिन २ लाखको कारोवार

धु्वराज खनाल,

चितवन माघ २-

गैडाकोट नगरपालिका १४ अमरापुरीका प्रजापति कँडेललाई केराको मःम खाने औधी रहर थियो । केराबाट पनि मःम बन्छ भन्ने उनले सुनेका थिए । तथर स्वाद लिएका थिएनन् । स्वाद चाख्नकै लागि कँडेल चितवन महोत्सव भित्र रहेको केराको स्टलमा लाइन बसे । स्वाद कस्तो होला भन्ने उत्सुकता लिएर उनी करिव आधा घण्टा उभिए । परिवारसहित महोत्सव घुम्न आएका उनले मिठो मानेर मःम खाए । “सुरुमा उत्सुकता थियो खाएपछि मिठो लाग्यो”, कँडेलले भने, “लाइन लामो भएकाले थप्ने मन हुँदा हुदै थप्न पाइन् ।” अन्य दिनको तुलनामा शनिबार केराको परिसरमा केराको परिकार स्वाद चाख्नेहरुको भीड देखिन्थ्यो ।

भरतपुर १० कि मिठु श्रेष्ठलाई पनि केराको मःम निकै मन प¥यो । तर उनले पहिले पनि मःम आएको बताइन् । “अघिल्लो पटकको महोत्सवमा पनि खाइएको थियो”, श्रेष्ठले भनिन्, “यो पटक झनै मिठो लाग्यो, थपेर पनि खाइयो ।” दोस्रो पटक भएपनि नियमित खान नपाउँदा उनलाई केराको मःम नौलो नै थियो । काठमाडौबाट महोत्सव घुम्न आएका विनोद भट्टराईले भने केराको अचार र चिप्सको स्वाद लिए । परिवारसहित चितवन आएका उनले केराको अचार, बुङ्गोको अचार र चिप्स सारै मन परेको बताए । भट्टराईले यसअघि पहिलो पटक कैलालीमा भएको महोत्सवमा पनि केराबाट बनेको परिकार चाखेको बताए । उनीहरुलाई मात्रै होइन् महोत्सव घुम्न आएका धेरैले केराको परिकार खाएर भोक मेटाए । कतिपय भन्दै थिए लाईन लामो छ, अहिले आएर खाउँला ।

केराको अन्य परिकार भन्दा मःम खानका लागि घुइँचो थियो । केराको परिकार खान आयोजक चितवन केरा उत्पादक संघले टिकटको व्यवस्था गरेको छ । बवुढापाकादेखि केटाकेटी सम्म लाईनमा थिए । भीड नियन्त्रणका लागि कामदार बाहेक स्वयम् सेवक पनि परिचालन गर्नु परेको छ । महोत्सवमा निकै लोकप्रिय बनेको केराको परिकारको स्टलमा दैनिक लाखौको कारोबार भइरहेको छ । “ग्राहकको माग पुरा गर्न कामदारलाई भ्यान नभ्याई छ”, चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले भने, “दैनिक एक लाख भन्दा बढीको कारोबार भइरहेको छ । शुक्रबार एकै दिन १ लाख ७२ हजारको कारोबार भएकोमा शनिबार भने करिव २ लाख ३० हजारको कारोबार भएको अध्यक्ष पन्तले बताए ।

शनिबार माघे संक्रान्ती पर्व परेकाले देवघाट स्नान गर्न आउने र विदा भएकाले पनि महोत्सव स्थलमा निकै भीड थियो । केराको मःम, अचार, पकौडा, चिप्स केरा परिसर रहेको स्टलमा पुगेर खाने व्यवस्था आयोजकले मिलाएको छ । केराको मःमलाई प्रति प्लेट रु ७०, चिप्स, केराको र बुङ्गोको अचारलाई प्रति प्लेट रु ७० र पकौडालाई पनि प्रति प्लेट रु ७० तोकिएको छ । केराको परिकार बनाउन संघका पदाधिकारीसहित ४० जना कामदार खटिएका छन् । संघका अध्यक्ष पन्त, वरिष्ठ उपाध्यक्ष घननाथ महतो, सचिव शंकर गिरी, कोषाध्यक्ष खिलप्रसाद भट्ट, निवर्तमान अध्यक्ष यज्ञ सुवेदी लगायत कामदारलाई भ्यान नभ्याई छ । त्यहाँ खटिएका कामदारहरुलाई दैनिक ७ सयदेखि २ हजार सम्म ज्याला दिइदै आएको कोषाध्यक्ष भट्टले जानकारी दिए । कामदारलाई संघले तालिम दिएर परिकार बनाउन खटाएको हो ।

अघिल्लो पटकको महोत्सवमा १२ लाखको कारोबार भएकोमा यस पटक भने १५ लाख सम्म पुग्ने चितवन केरा उत्पादक संघका कोषाध्यक्ष भट्टको दावी छ । यस पटक बाल उद्यान नभएपनि केरा परिसरमा भने ग्राहकको भीड घटेको छैन । केरा खानाले स्वास्थ्यलाई समेत लाभदायक हुनेगर्छ । केरा खानाले तुरुन्त इनर्जी आउने,पाचन प्रणालीलाई मजवुद वनाउने,ग्याष्ट्रिक र कव्जियत भएकालाई औषधी काम गर्ने,उच्च रक्तचापलाई पनि नियन्त्रण गर्न केराले मद्यत पुर्याउने संघको दावी छ । चितवनमा करिव २५ सय विगाहामा ६ सय भन्दा बढी किसानले केराखेती गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका