Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पोखरा उपमहानगरको बजेट १ अर्ब २८ करोड – Gaule Khabar

पोखरा उपमहानगरको बजेट १ अर्ब २८ करोड

पोखरा उपमहानगरको बजेट १ अर्ब २८ करोड

पोखरा,पुस २९ –

पोखरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि १ अर्ब २८ करोड ५५ लाख ९५ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ ।
२१ औं नगर परिषद्ले पारित गरेको बजेट शुक्रबार पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत वराज ढुंगानाले सार्वजनिक गरेका हुन् । यो बजेट गत आर्थिक वर्षको भन्दा ४७।१२ प्रतिशतले बढी हो ।

बजेटमा पूर्वाधार तथा संरचना विकासतर्फ ५६ करोड, जनसंख्या तथा सामाजिक विकासतर्फ ३७ करोड १६ लाख, कृषि, वन, वातावरणमा ९ करोड ९५ लाख ५५ हजार, भूमि तथा जलस्रोततर्फ ३ करोड २२ लाख ९६ हजार र प्रशासन तथा संगठनतर्फ २२ करोड २१ लाख ४४ हजार विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७४र०७५ मा स्थानीय करतर्फ १७ करोड ३२ लाख, सेवा शुल्कतर्फ ५ करोड ४० लाख ३५ हजार, दस्तुरबाट १५ करोड ५० लाख र अन्य आयबाट २४ करोड ४३ लाख ६० हजार रकम संकलन हुने अनुमान गरिएको छ । आन्तरिक आम्दानीतर्फ ६२ करोड ६५ लाख ९५ हजार रुपैयाँ र बाहृयतर्फ ६५ करोड ९० लाख अनुमान गरिएको छ । आन्तरिक आम्दानी गत वर्षको तुलनामा ३२।१५ प्रतिशतले बढी छ ।

वडास्तरीय योजना तर्जुमा गोष्ठीबाट माग भई आएका योजनाहरुको प्राथमिकीकरण गरी एउटा वडामा कम्तीमा ५० लाखदेखि १ करोडसम्म पर्ने गरी वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको लागि २४ करोड ५६ लाख प्रस्ताव गरिएको छ ।

नेपाल सरकार, नगरपालिका र जनताको लागत सहभागितामा सञ्चालन हुने ठूला पूर्वाधार निर्माण गर्न नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रम, सडक बोर्ड नेपाल कार्यक्रम, इएफएजी कार्यक्रम, सडक मर्मत सम्भार कार्यक्रम लगायत कार्यक्रमका लागि १० करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।

उपभोक्ता समितिको क्षमता विकास, सम्भाव्यता अध्ययन, ट्राफिक व्यवस्थापन, वडा नंं १८ विशेष कार्यक्रम, वडा कार्यालय भवन निर्माण, अधुरा योजना भुक्तानी, सार्वजनिक निजी साझेदारी, राइट(वे क्लियरेन्स, भवन निर्माण अनुगमन, सौन्दर्यकरण, सडकमा रेलिङ हाल्ने, अपांगमैत्री संरचना निर्माण, लगायत कार्यक्रमहरुलाई नीति कार्यक्रममा निरन्तरता दिइएको छ । उक्त कार्यक्रमहरुको लागि ७ करोड ३ लाख बजेट प्रस्ताव गरेको कार्यकारी अधिकृत ढुंगानाले बताए ।

सडकबत्ती व्यवस्थापन तथा जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि ७ करोड ५८ लाख रुपैयाँ छुट्टयाइएको छ ।

सौर्य सडक बत्तीको मर्मत सम्भारका लागि मर्मत कोष खडा गरी स्वचालित संयन्त्र निर्माण गरिने उनले बताए । दैवी प्रकोप व्यवस्थापन तथा आकस्मिक पूर्वाधार निर्माणका लागि ३ करोड छुट्याईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका