Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कमल थापा र विजय गच्छदारलाई उपप्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव, दुई मन्त्री फिर्ता हुँदै – Gaule Khabar

कमल थापा र विजय गच्छदारलाई उपप्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव, दुई मन्त्री फिर्ता हुँदै

कमल थापा र विजय गच्छदारलाई उपप्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव, दुई मन्त्री फिर्ता हुँदै

काठमाडौं, पुस २७ –

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।

संसदमा प्रस्तुत गरिएको संविधान संशोधन विधेयक जसरीपनि पारित गराउने रणनीतिअनुरुप प्रधानमन्त्री दाहालले थापा र गच्छदारलाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले बताएको छ ।

एकतापछि संसदमा राप्रपाको ३७ सीट छ भने फोरम लोकतान्त्रिकको १४ सीट छ । संविधान संशोधन विधेयक पारित गराउन सरकारलाई दुईतिहाई मत आवश्यक छ । तर, अहिलेको अवस्थामा प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी गठबन्धनसँग स्पष्ट एक तिहाइ मत रहेको बताइन्छ । जून संशोधन विधेयक पारित नहुने आधार हो ।

संशोधन विधेयक पारित गर्न एक महिनासम्म प्रक्रिया चल्ने भएपछि यो बीचमा भोटर (सांसद) किनबेच अर्थात बार्गेनिङ सुरु भएको छ । र, यसरी दुई तिहाई मत पुगाउने सत्तापक्षको रणनीति छ । यही रणनीतिका साथ कमल थापा र विजय गच्छदारलाई प्रस्ताव आएको स्रोत बताउँछ ।

जसअनुसार प्रधानमन्त्रीले वर्तमान सरकारबाट दुई मन्त्री कांग्रेसबाट प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्री रहेका प्रकासशरण महत र माओवादीबाट सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

स्रोत भन्छ- ‘महतको ठाउँमा राप्रपा अध्यक्ष थापालाई उपप्रधानसहित परराष्ट्र र कार्कीको ठाउमा फोरम लोकतान्त्रिकका गच्छदारलाई उपप्रधानसहित सञ्चारमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ । यो संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने शर्तमा हुनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका