Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
व्यावसायिक कृषि उत्पादन केन्द्र आयोजना सुरु – Gaule Khabar

व्यावसायिक कृषि उत्पादन केन्द्र आयोजना सुरु

व्यावसायिक कृषि उत्पादन केन्द्र आयोजना सुरु

बाबियाचौर (म्याग्दी), पुस १४ –

जिल्लाको बेनी नगरपालिका र तीन वटा गाविसमा व्यावसायिक कृषि उत्पादन केन्द्र ९ब्लक० आयोजना सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी र मकै खेतीको ब्लक आयोजना सुरु भएको हो । बेनी नगरपालिका क्षेत्रमा तरकारी खेती र नगरपालिकासहित भकिम्ली, बरङ्जा र अर्मन गाविसमा मकै खेतीको आयोजना लागू भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गरी लागत घटाउने, उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित आयोजना लागू भएको कार्यालयका बाली संरक्षण अधिकृत हरिहर शर्माले बताउनुभयो ।

ब्लक आयोजनाले १०० हेक्टर क्षेत्रफल जमिन समेटेको छ । आयोजना कार्यान्वयनका लागि प्रभावित क्षेत्रका अगुवा कृषक, कृषक समूह र कृषि सहकारी संस्थाका प्रतिनिधिको भेलामार्फत सञ्चालक समिति गठन भइसकेको छ ।

नरबहादुर थापाको अध्यक्षतामा मिलीजुली मकै खेती र मुक्तिबहादुर खड्काको अध्यक्षतामा धौलागिरि तरकारीखेती ब्लक आयोजना सञ्चालक समिति गठन गरेको हो । समितिमार्फत उपकरण खरिद, प्राविधिक सहयोग, पूर्वाधार निर्माण र बजारीकरणमा सघाउ पुग्ने जस्ता क्रियाकलाप सञ्चालन हुने अधिकृत शर्माले बताउनुभयो ।

साना सिँचाइ, औजार, तरकारी र मकै भण्डारण भवनका साथै सङ्कलन केन्द्र निर्माण गर्ने कार्यक्रम छ । यस वर्ष भवन, औजार खरिद र साना सिँचाइलगायतका पूर्वाधार निर्माणका लागि रु एक करोड २६ लाख बजेट प्राप्त भएको कृषि कार्यालयले जनाएको छ ।
आयोजना लागू भएपछि कृषक उत्साहित भएका छन् । व्यावसायिक बन्न प्रोत्साहन मिल्नुका साथै उत्पादन र गुणस्तर वृद्धिसँगै आयआर्जन बढाउन आयोजनाबाट सघाउ पुग्ने अपेक्षा गरिएको भकिम्लीका कृषक पूर्णकली जिसीले बताउनुभयो ।

घरायसी उपभोग र गाई वस्तुलाई दाना खुवाउन मकै खेती गर्दै आएका कृषकले व्यावसायिक खेतीमार्फत घोगा तथा बीउ बिक्री गरेर आम्दानी गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । सुरक्षित भण्डारण गरेर मकैको बीउ बिक्री गर्दा आम्दानी लिन सकिने उहाँको विश्वास छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका