Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
खोजी पत्रकारितालाई प्राथमिकता दिनुपर्छः प्रजिअ भट्ट – Gaule Khabar

खोजी पत्रकारितालाई प्राथमिकता दिनुपर्छः प्रजिअ भट्ट

खोजी पत्रकारितालाई प्राथमिकता दिनुपर्छः प्रजिअ भट्ट

चितवन, पुस १३–

सञ्चारिका समूह नेपालको आयोजनामा आज (बुधवार)देखि चितवनमा मध्यमाञ्चलस्तरीय पत्रकार महिलाका लागि लैंगिक तालिम सुरु भएको छ ।

सो तालिमको आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले उद्घाटन गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भट्टले पत्रकारिता क्षेत्रमा मिहिनेत, जिज्ञासा र सृजनाकला क्षमता हुनुपर्ने औंल्याउनु भयो । खोजी पत्रकारितालाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको क्षमता बढाउन समूहले विभिन्न कार्यक्रम गरेको भन्दै महिला पत्रकारलाई शुरुवातमा लैंगिक तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले राज्यको सुरक्षाका कारण पनि महिला पत्रकारलाई समस्या परेको भन्दै उनीहरूलाई अवसर दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले महिला पत्रकार पलायन हुने गरेको भन्दै महासंघ महिला पत्रकारको दक्षता अभिवृद्धिमा लागि परेको धारणा राख्नुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले लैंगिक हिंसाका विषयलाई कार्यलयले प्राथमिकता राखेको बताउनु भयो । उहाँले महिला सेलमा महिला प्रहरी निरीक्षक छिट्टै नियुक्ति गर्न लागेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आर्चाय, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शालीग्राम नेपाल, प्रेस सेन्टर नेपाल प्रदेश नं ३ की उपाध्यक्ष शान्ता अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी,
प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्य प्रकाश कँडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सञ्चारिका समूह चितवनकी अध्यक्ष सृजना अर्याल स्वागत गर्नु भएको थियो ।

तालिममा मध्यमाञ्चलका बारा, पर्सा र चितवनका गरी १२ जना पत्रकार महिलाको सहभागिता रहेको छ । तालिम ३ दिनसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका