Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माइक्रोबसको ठक्करबाट दाङमा एकको मृत्यु – Gaule Khabar

माइक्रोबसको ठक्करबाट दाङमा एकको मृत्यु

माइक्रोबसको ठक्करबाट दाङमा एकको मृत्यु

दाङ, पुस १२–

माइक्रोबसको ठक्करबाट दाङमा आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।

घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब ६ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले ठक्कर दिदाँ तुलसीपुर–६ का ४१ वर्षीय निमा दमाईको उपचारका क्रममा अञ्चल अस्पताल दाङमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

सोही माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालक तुलसीपुर–६ का चन्द्रमणि वली गम्भीर घाइते भएकोसमेत प्रहरीले जनाएको छ । माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयवासीले सो सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका