काठमाडौं,माघ २० –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एउटा देशको मुठ्ठीमा रहेको नेपाललाई अन्य छिमेकी देशसँग पनि सम्पर्क विस्तार गरेको दावी गरेका छन्। एमाले निकट किसान संगठन अखिल नेपाल किसान महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भारततर्फ लक्षित गर्दै देश विशेषको मुठ्ठीमा रहेको नेपालको अन्य देशसँग पनि सम्बन्ध विस्तार गरेकाले सरकार छोड्नुपरेको बताएका हुन्। ुदेश विशेषको मुठ्ठीबाट निकालेर अन्य देशसँग पनि सम्बन्ध बढाएँ। अहिले मुलुक ऐतिहासिक ठाउँमा प्रवेश गरेको छ। म त्यसै कारणले सरकारबाट पनि हट्नुपर्योु उनले भने।
अबको ९र१० महिनाभित्र स्थानीय, प्रदेश र संसदको निर्वाचन नगर्ने हो भने ठूलो राजनीतिक संकट आउने भन्दै ओलीले आफूहरु छिटो संकटकाल टुंगियोस् भन्ने पक्षमा रहेको बताए। अहिले हाउजिङ र स्मार्ट सिटीको नाममा हरियाली मास्ने काम भएको भन्दै एमाले अध्यक्ष ओलीले यस्ता गतिविधिले कृषि क्षेत्रमा सबैभन्दा ठूलो असर परेको बताए। ुरोडा गिट्टी छरिङ, फालिङ र जग्गा काटिङ हुन्छ। प्लानिङ स्लानिङ केही हुँदैनु उनले भने ुहरियाली र कृषि योग्य जमिन मास्ने काम भएको छ।ु किसान महासंघले गरेको खाद्य सम्प्रभुता र किसान अधिकारका लागि दक्षिण एसियाली किसान सम्मेलनको उद्घाटन गर्दै ओलीले उत्पादन र उत्पादकत्व बढाउन अहिले अत्यधिक विषादी र रासायनिक मल प्रयोग गर्नु पनि उचित नहुने बताए। सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका ५० भन्दा बढी किसान सहभागी छन्।