पोखरा,पुस १०-
युवा संघका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मानसिक रोगीको संज्ञा दिएका छन् । उनले पोखरास्थित विग एफएमको बहसमूलक कार्यक्रममै प्रचण्डलाइ यस्तो आरोप लगाएका हुन् ।उनले एमाओवादीले संविधान संशोधन प्रस्ताव ल्याएर गल्ती गरेको बताए । उनले यो संविधान संशोधन पारित भएमा नेपाल अहिलेको अवस्थामा नरहने बताए । संविधान संशोधनका बिषयमा अहिलेसम्म नेकपा एमालेले कसैसँग पनि समझदारी नगरेको दावी गरे ।
संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा संशोधन प्रस्ताव ल्याइएको भन्दै उनले भारतलाइ रिझाउनका लागि माओवादी र नेपाली कांग्रेशले संशोधन प्रस्ताव ल्याएको बताए । भिडियोमा सुन्नुहोस्, पहारीसँग पत्रकार माधव पनेरुले गरेको कुराकानी ।
https://www.youtube.com/watch?v=EO2ptZA58n0