Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
औद्योगिक क्षेत्र निरीक्षणका लागि टोली खटाउँछुः मन्त्री जोशी – Gaule Khabar

औद्योगिक क्षेत्र निरीक्षणका लागि टोली खटाउँछुः मन्त्री जोशी

औद्योगिक क्षेत्र निरीक्षणका लागि टोली खटाउँछुः मन्त्री जोशी

चितवन, पुस ९–

उद्योग मन्त्री नविन्द्रराज जोशीले चितवनमा औद्योगिक क्षेत्र निर्माणका लागि एक निरीक्षण टोली खटाउने बताउनुभएको छ ।

उहाँले औद्योगिक क्षेत्रको सम्भाव्य रहेको चितवनमा विस्तृत अध्यनका लागि एक टोली नै खटाईने जानकारी दिनुभयो । चितवन उद्योग संघको आज (शनिबार) भएको १७ औं वार्षिक साधारणसभाको समुद्घाटन गर्दै मन्त्री जोशीले उद्योगको विकासले देश विकास नहुने भएकाले चितवनमा पनि औद्योगिक क्षेत्र आवश्यक रहेको बताउनुभयो । चितवन उद्योग संघले औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरेको जुटपानीमा रहेको दुई हजार ५ सय विघा जमिनको विस्तृत अध्ययनका लागि छिट्टै टोली खटाईने मन्त्री जोशीले जानकारी दिनुभयो ।

चितवनमा उद्योगको विकास बढ्दै गएपछि औद्योगिक क्षेत्र निर्माणका लागि नै उद्यमीहरुले सक्रियता देखाएका छन् । यस्तै मन्त्री जोशीले चितवन उद्योग संघले अघि सारेको चितवन प्रदर्शनी केन्द्र निर्माणका लागि पनि आफ्नो सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले अर्थ मन्त्रालयसंगको समन्व्यमा छिट्टै प्रदर्शनी केन्द्रका लागि आवश्यक बजेट विनियोजनका लागि छलफल चलाइने बताउनुभयो ।

मन्त्री जोशीले नेपालमा व्यवसाय मात्र नभई उद्यमी बन्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । यसले मात्रै देशमा व्यरोजगारी हटाउनुको साथै विदेश पलायनबाट रोक्न सक्ने बताउनुभयो । उहाँले उद्योगको विकास क्रम बढ्दै गएमा दश वर्ष भित्रमा युवाहरुले विदेशमा गएर श्रम बेच्न पर्ने अवस्था नरहने बताउनुभयो । उहाँले उद्योगको विकास भएमा मात्रै देश विकास हुने भन्दै बन्द भएका उद्योगहरु प्नि संचालनमा ल्याउन सरकार कटिबद्ध बनेको बताउनुभयो ।

मन्त्री जोशीले देश बनाउन सबै एकजुट हुनुपर्ने भन्दै राजनीतिक खिचातानीमा अल्झन नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व अर्थ मन्त्री एवंम् चितवन क्षेत्र नं.१ का साँसद सुरेन्द्र पाण्डेले अब गफ मात्र नभई काम गर्ने बेला आएको बताउनुभयो । उहाँले चितवन उद्योग संघले निर्माण गर्न लागेको चितवन प्रदर्शनी केन्द्रका लागि आफूले पनि बजेट निकासका लागि केन्द्रस्तरमा पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले उद्योगको विकास हुन सकेमा देशले प्रगती गर्ने भएकाले त्यसको प्रवद्र्धनका लागि पनि प्रदर्शनी केन्द्र आवश्यक रहेको बताउनुभयो । उहाँले जुटपानीमा रहेको २५ सय विघा जमिन पनि औद्योगिक क्षेत्र निर्माणका लागि उपयुक्त बनेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेश सिंह, चितवन क्षेत्र नं. २ का सांसद शेषनाथ अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, ने.क.पा (एमाले), चितवनका जिल्ला उप–सचिव सूर्य बदना हमाल, नेकपा माओवादी केन्द्रका जिल्ला सह–संयोजक श्री घनश्याम दाहाल, नयाँ शक्ति पार्टीका जिल्ला सह–संयोजक पदम बहादुर गुरु∙, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष, गणेशप्रसाद अधिकारी, उद्योग वािणज्य संघ चितवनका अध्यक्ष राजन गौतम, पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनाली, नेपाल पत्रकार महासंघका चितवनका उपाध्यक्ष दीपेन्द्र बडुवाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको समुद्घाटन सत्र संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तीन प्रस्ताव पारित

चितवन उद्योग संघको १७ औं वार्षिक साधारणसभाले विशेष औद्योगिक योजनाहरुको विशेष तीन प्रस्ताव अनुमोदन गरेको छ ।

आज बन्द सत्रमा चितवन औद्योगिक प्रदर्शनी केन्द्र निर्माण, वृहत औद्योगिक क्षेत्र निर्माण र उद्योग हित प्रत्याभुति कानुन प्रस्ताव अनुमोदन गरेको संघका महासचिव सूर्य न्यौपानेले जानकारी दिनुभयो । ३० करोडको लागतमा निर्माण गर्न लागिएको प्रदर्शनी केन्द्र बाँकी रकम जुटाएर निर्माणको प्रक्रियालाई अघि बढाउने प्रस्ताव पारित गरिएको छ । हाल सो केन्द्र निर्माणका लागि उद्योग संघ अन्तरगतका पदाधिकारी र व्यवसायीहरुबाट ४ करोड रुपैयाँ संकलन गर्ने प्रतिवद्धता भएकोले शिलान्यासको कामलाई अघि बढाउने संघले जनाएको छ । यस्तै करिव २५ सय विघा जमिनमा औद्योगिक क्षेत्र निर्माणका लागि पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

चितवनमा मात्र नभई नेपालकै दिगो आर्थिक विकासको लागि ठूलो योगदान पुर्याउने भएकाले जतिसक्दो जाडो टुङगोमा पुर्याई थप प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् । यस्तै बन्द सत्रमा महासचिव सूर्यप्रसाद न्यौपाने र कोषाध्यक्ष मदन घिमिरेको प्रतिवेदन पारित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका