बुटवल पुस ८-
लगानी लुम्बिनीमा संवृद्धी देशमा भन्ने मूल नारासहित शुक्रबारदेखि बुटवलमा औद्योगीक व्यापार मेला सुरु भएको छ ।
बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाको विशेष समारोहबीच रक्षा मन्त्री बालकृष्ण खाणले उद्घाटन गरे । मेलाले यस क्षेत्रको व्यापार व्यवसाय बढाउन, स्वदेशी वस्तुको प्रवद्धन गर्न र कला सस्कृतिको जगेर्ना गर्न ठूलो भूमिका खेल्ने उनले बताए ।मेलामा औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन, घरेलु उत्पादन, अटो व्यवसाय,वैकल्पीक उर्जा लगायतका छुट्टाछुट्टै पेभेलीयन बनाइएको छ । कृषि, हस्तकला र महिला उत्पादनलाई छुटसहित मेलामा सहभागी बनाइएको छ ।
त्यसकालागि मेलामा ५ सय ४० वटा स्टल दर्ता भएका छन् । मत्स्य जोन घोषणा भएको जिल्लामा पहिचानका लागि भन्दै माछा र त्यसका परिकार सम्बन्धी स्टल छन् ।आकर्षणका लागि रोजगार परामर्शका लागि समेत छुट्टै पेभेलियन बनाएर स्वदेश तथा विदेशमा प्राप्त हुने तालिम र रोजगारीको अवसरबारे पनि जानाकारी गराइएको मेला संयोजक तथा आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताए । महोत्सवमा स्वदेशका ३५ जिल्लाका उत्पादन छन् । विदेशी ३५ देशका उत्पादन राखीएको आयोजकले जनाएको छ । दैनिक रुपमा पर्यटन, कृषि, उद्योग, बजारीकरण, कृषि उत्पादन लगायतका बारेमा परामर्श तथा छलफ कार्यक्रम राखीएको छ ।
मनोरञ्जनका लागि दैनिक सास्कृतिक कार्यक्रम, ममी डान्स, पतीपत्नी जोडी डान्स, बाल प्रतिभा प्रस्फुटन लगायतका कार्यक्रम हुने छन् । पुस २३ गतेसम्म चल्ने मेला ५ लाख दर्शकलाई अवलोकन गराइ १५ करोड बराबरको आर्थिक कारोबार गर्ने मेलाका सदस्य सचिव हरि अर्यालले बताए ।उद्घाटन समारोहमा बिभिन्न संघ संस्थाका अगुवाहरुले बोलेकाथिए ।
शब्दः दीपक ज्ञवाली,तस्बिर ः स्वस्तिक श्रेष्ठ