Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले जातीय तथा सामाजिक सहिष्णुता भड्काउन उद्यतः संघीय गठवन्धन – Gaule Khabar

एमाले जातीय तथा सामाजिक सहिष्णुता भड्काउन उद्यतः संघीय गठवन्धन

एमाले जातीय तथा सामाजिक सहिष्णुता भड्काउन उद्यतः संघीय गठवन्धन

काठमाडौं, पुस ७ –

मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रमुख प्रतिपक्षी दल एमालेमाथि जातीय तथा सामाजिक सहिष्णुता भड्काउन उद्यत भएको आरोप लगाएको छ ।

गठवन्धनको बिहीबार बसेको बैठकले एमालेको गतिविधि प्रतिगमनकारी भएको ठहर गरेको छ । एमालेको गतिविधिले राष्ट्रिय एकता कमजोर पार्ने र मुलुकलाई अनिश्चितकालीन गृहयुद्धतर्फ धकेल्ने गठवन्धनको दाबी छ ।

गठवन्धनका संयोजक उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धीहरुलाई धरापमा परी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न आर्गह गर्छौं ।’

गठवन्धनले तीनबुँदे सहमति अनुसार संविधान संशोधन प्रस्ताव परिर्माजन गरी संसदमा प्रक्रिया अघि बढाउन माग गरेको छ ।

साथै एक साताभित्र काठमाडौंमा अन्तरक्रिया गर्ने र लगतै १० प्रदेशमा अन्तरक्रिया थरी आन्दोलनका लागि जनमत निर्माण गर्ने निर्णय समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका