Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
झोलमोलबाट सुरक्षित खाद्य उत्पादन – Gaule Khabar

झोलमोलबाट सुरक्षित खाद्य उत्पादन

झोलमोलबाट सुरक्षित खाद्य उत्पादन

बनेपा, पुस ७ –

काभ्रेपलाञ्चोकको पात्लेखेत गाविस–८ स्थित कल्छेबेसीमा कृषकले झोलमोलको प्रयोग गरी सुरक्षित खाद्य उत्पादन थालेका छन् ।

जलवायुमैत्री गाउँ परियोजना सञ्चालन भएपछि महिला कृषक समूहको संलग्नतामा सो उत्पादन सुरु भएको हो । यसअघि तरकारी खेतीमा रासायनिक मल र विषादीको प्रयोग अत्यधिक हुने गथ्र्यो । श्रमजिवी महिला कृषक समूहका अध्यक्ष विमला बजगाईं विषादीरहित तरकारी उत्पादन गर्न झोलमोलको प्रयोग गर्दै आएको बताउनुहुन्छ ।

भाँडा माझेको, गोडा धोएको र खेर गएको पानी सङ्कलन गरेर सिँचाइको व्यवस्था गरेको उहाँले बताउनुभयो । झारपात र जडीबुटी सङ्कलन गरेर झोलमोल बनाउने गरेको र यसलाई तीन चरणमा बाँडेर खेतीपातीमा प्रयोग गर्ने गरेको बजगाईंको भनाइ छ ।

“अरु ठाउँमा चैत, वैशाखमा सुख्खापनले हरियाली देख्न पाइँदैन तर यहाँ बाह्रैमास हरियाली देख्न पाइन्छ,” उहाँले भन्नुभयो । महिला कृषकले सो ठाउँमा दुई रोपनीदेखि सात रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दैआएका छन् । काउली, बन्दागोभी, साग, लसुन, आलु, केराउलगायत उत्पादन गरी उनीहरुले मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दुर्गा पण्डितले आगामी असार, साउनमा सो क्षेत्रमा बेमौसमी प्याजको उत्पादन सुरु गरी त्यसको परीक्षण समेत हुने बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका