Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी – Gaule Khabar

डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी

डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी

डोटी, पुस ६ –

पुरुषभन्दा महिलामा यौनरोग सङ्क्रमणको खतरा बढेको एक तथ्याङ्कले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटीले हालसम्म एक हजार ३४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती मध्ये ७८२ महिलामा यौनरोग सङ्क्रमण भेटिएको छ ।

परिवार नियोजन सङ्घ डोटीले सन् २०१४ देखि पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दै आएको छ । हालसम्मको सङ्घको तथ्याङ्क हेर्दा यौनरोग सङ्क्रमण दर बर्सेनि बढ्दै गएको देखिएको छ । सङ्घले सन् २०१४ मा ३२८ जनाको परीक्षण गरेको थियो जसमा ९५ जनामा यौन सङ्क्रमण देखिएको छ । त्यस मध्येका छजना पाठेघरको मुखको क्यान्सरको जोखिममा छन् ।

सन् २०१५ मा ४४१ जनामा गरिएको परीक्षणमा २०० जना महिलामा यौनरोगको सङ्क्रमण देखिएको छ । यस्तै, बढ्दै गएको पाठेघरको मुखको क्यान्सर लाग्न सक्ने खतरालाई कम गर्न जनचेतनामा अभिवृद्धि गर्नु जरुरी रहेको परिवार नियोजन सङ्घ जिल्ला शाखा डोटीका प्रबन्धक चेतराज फुलाराले बताउनुभयो । परीक्षण गर्दा जतासुकैको तथ्याङ्कले महिलामा यौनरोगको समस्या देखिन्छ, उहाँले भन्नुभयो ।

सुदूरपश्चिमको हकमा यौनरागीको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । असुरक्षित यौनसम्पर्क र गलत परम्पराले समेत यौनरोगी बढिरहेका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका