Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बेवारिसे अवस्थामा बरामद – Gaule Khabar

तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बेवारिसे अवस्थामा बरामद

तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बेवारिसे अवस्थामा बरामद

सरु शर्मा,
परासी, पुस ६–
नेकपा एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल बेबारिसे अवस्थामा फेला परेको छ । घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद भएको रुपन्देहीका डिएसपी एवम् प्रवक्ता बेलबहादुर पाण्डेले बताउनुभएको छ । उहाँका अनुसार बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीहरुले मुख्य राजमार्गहरुमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धान खुलेको पाण्डेले बताउनुभएको छ ।
मोटरसाइकलको ‘चालक’ यती हतारमा देखिन्छ कि मोटरसाइकलबाट साँचो समेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको देखिन्छ’ उहाले भन्नुभयो ‘मोटरसाइकल फेला परेको स्थानले अपराधीले गोली हानेर घटनास्थलबाट दक्षिणी पश्चिमी क्षेत्र तर्फ भागेको देखिन्छ’ । उहाँले घटनालाई गम्भिरताका साथ अनुसन्धान गरिरहेको बताउदै दोषीलाई छिट्टै पक्राउ गर्ने बताउनुभएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले भैरहवाको एक युवकलाई पक्राउ गरेको स्रोतले बताएको छ । पक्राउ परेको युवाका साथै अन्य बिभिन्न शकांस्पद व्यक्तिहरुसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ । यसैबीच घटनाको अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय अनुसन्धान विभागको एक टोली पनि रुपन्देही आइपुगेको छ । र, टोली जिल्लाको विभिन्न भागमा छरिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले स्रोतले बताएको छ ।
तिवारीलाई रुपन्देहीको देवदह नगरपालिका ढेकावार कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात ब्यक्तिले गोली प्रहार गरेका थिए । दिउँसो करिव साढे ३ बजे रातो पल्सर बाइकमा आएका २ अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेका थिए । देब्रे कोखमा गोली लागी गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका