भैरहवा,पुष ५-
रुपन्देहीको देवदह नगरपालिकामा गोली हानेर हत्या गरिएका युवा संघ रुपन्देहीको कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको घटना राजनैतिक भन्दा ब्यक्तिगत रिसिइबीको कारण भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
‘घटनाको प्रकृति हेर्दा यो राजनैतिक नभई व्यक्तिगत रिसईबीले घटाइएको हुनसक्ने देखिएको छ,” रुपन्देही प्रहरी प्रवक्ता डिएसपी बेल बहादुर पाण्डेले भने । घटनामा देवदह नगरपालिकाकै मनोज राना संलग्न रहेको प्रारम्भिक अनुसन्धाबाट खुलेको पाण्डेले बताए ।